सांसद धनेन्द्र कार्कीले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने


काठमाडौं । कांग्रेस नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य धनेन्द्र कार्कीले पार्टीकाे १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

गुल्मी क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि रहेका कार्कीले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै भूगोलतर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेका हुन्।

कार्की लुम्बिनी प्रदेश सभाका सदस्यसमेत हुन्। उनले पार्टीको संगठनलाई थप सुदृढ बनाउँदै प्रदेश तथा जिल्लास्तरमा कांग्रेसको संगठन विस्तार र नेता–कार्यकर्ताको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताए ।