काठमाडौँ । नेपाली कांग्रेसका नेता विनोद चौधरीले उपसभापतिमा उम्मेदवारी दिएका छन्।
कांग्रेसको १५औं महाधिवेशनमा चौधरीले समावेशी समूहमा उपसभापतिमा उम्मेदवारी दिएका हुन्। उनी यसअघि कांग्रेसको केन्द्रीय सदस्य रहेका थिए।
कांग्रेस महाधिवेशनअन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ।
कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि मंगलबार दिउँसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।




प्रतिक्रिया