काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।
बानियाँको प्रस्तावकमा सिरहा जिल्लाका पार्टी सभापति रामचन्द्र यादव, चितवन जिल्ला सभापति राजेश्वर खनाल र दोलखा जिल्ला सभापति बर्मा लामा छन् ।
यस्तै, समर्थकमा नुवाकोट कांग्रेसका सभापति तथा पूर्वसांसद रमेशकुमार महत, सिन्धुपाल्चोक कांग्रेसका कृष्णकुमार तामाङ र मकवानपुरका प्रभातकुमार दाहाल छन् ।




प्रतिक्रिया