गुरुराज घिमिरेले महामन्त्री पदमा नै दिए उम्मेदवारी


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले महामन्त्री पदमा नै उम्मेदवारी दर्ता गराएका छन्।

१५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्। विशेष महाधिवेशनबाट उनी उनी महामन्त्री भएका थिए ।