दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न आदेश


काठमाडौँ । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई विद्युतीय कारोबारसम्बन्धी कसुरमा २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले मंगलबार उक्त आदेश दिएको हो।

प्रसाईंलाई असार १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाको उजुरीपछि उनीविरुद्ध विद्युतीय अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको थियो।

प्रसाईंमाथि युट्युबमार्फत सांसद खतिवडाको छोराको मृत्यु र सांसद पदलाई जोडेर अपमानजनक तथा आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लागेको थियो।