कांग्रेसको उपसभापतिमा देवराज चालिसेले दिए उमेदवारी


काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा देवराज चालिसेले उमेदवारी दर्ता गराएका छन् । मंगलबार पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उमेदवारी दर्ता गराएका हुन् । 

चालिसेले विशेष महाधिवेशनपछि पार्टी प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए ।