काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा साउथ एसियन बुल्स प्रा. लि.ले राष्ट्रिय खुला कलेज, सानेपामा पूँजी बजारसम्बन्धी वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ।
‘नेपालमा पूँजी बजार सम्बन्धी लगानीकर्ता मार्गदर्शन’ विषयमा आयोजित कार्यक्रममा BBA, BPH र BHCM अध्ययनरत ४० भन्दा बढी विद्यार्थी सहभागी थिए। कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो।
कार्यक्रममा बेटा एनालिटिक्स प्रा. लि.का कार्यकारी निर्देशक तथा पूँजी बजार अभ्यासकर्ता सञ्जीव घिमिरेले नेपालको पूँजी बजार, लगानीका आधारभूत पक्ष, जोखिम तथा प्रतिफल र जिम्मेवार लगानीका विषयमा विद्यार्थीलाई जानकारी गराए।
यस्तै, साउथ एसियन बुल्स प्रा. लि.की अपरेसन प्रमुख मनीषा सुवालले ब्रोकरिङ कम्पनीको भूमिका तथा पूँजी बजारमा यसको महत्वबारे प्रस्तुति दिइन्।
कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ। सो अवसरमा राष्ट्रिय खुला कलेजका प्राचार्य प्रा. अनिल खड्का तथा संस्थापक एवं सल्लाहकार प्रा. डा. सितल कुमार कार्कीले विद्यार्थीमा वित्तीय तथा पूँजी बजारसम्बन्धी ज्ञान अभिवृद्धि गर्न यस्ता कार्यक्रम उपयोगी हुने बताए।
कार्यक्रमपछि सहभागीका लागि जलपान तथा अन्तरक्रिया सत्रसमेत आयोजना गरिएको थियो।





प्रतिक्रिया