काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा निर्विरोध निर्वाचित भएका छन्।
मङ्गलवार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ताको समयमा यो पदमा उनको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध भएका हुन् ।
यसअघि कांग्रेसमा यो पद थिएन । उनैलाई लक्षित गरेर महाधिवेशनको अन्तिम समयमा यो पदकाे व्यवस्था गरिएको थियो ।
१४ औ महाधिवेशनबाट सभापति गगन थापासँगै महामन्त्रीमा निर्वाचित उनी विशेष महाधिवेशनबाट उपसभापति बनेका थिए ।




प्रतिक्रिया