काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि तीन नेताले उम्मेदवारी दर्ता गराएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत २२ असोजमा हुने निर्वाचनका लागि गगनकुमार थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरले सभापति पदमा मनोनयन दर्ता गराएका हुन्।
निर्वाचन समितिका अनुसार सभापति पदमा सबैभन्दा पहिले श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गराएका थिए। त्यसपछि बेलुकी करिब साढे ६ बजे गगनकुमार थापाले मनोनयन दर्ता गराए।
थापापछि किशोरसिंह राठौर पनि सभापति पदका लागि मनोनयन दर्ता गर्न निर्वाचनस्थल पुगेका थिए।




प्रतिक्रिया