काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि मनोनयन दर्ता प्रक्रिया सकिएको छ।
सभापतिदेखि सहमहामन्त्री र केन्द्रीय सदस्यसम्मका पदमा उम्मेदवारी दर्ता भएको छ भने दुई पदमा उम्मेदवार निर्विरोध भएका छन्।
सभापतिमा तीन जना
सभापति पदमा गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्कीबीच प्रतिस्पर्धा हुने भएको छ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन्।
खुला उपसभापतिमा ९ जनाको भिडन्त
दुई पदका लागि डा. चन्द्रमोहन यादव, सुरेन्द्रराज पाण्डे, डा. मिनेन्द्र रिजाल, गोविन्द भट्टराई, देवराज चालिसे, मधुप्रसाद आचार्य, धनराज गुरुङ, दीपक गिरी र डा. चन्द्र भण्डारीले उम्मेदवारी दिएका छन्।
समावेशी उपसभापतिमा पाँच जना
एक पदका लागि विनोद चौधरी, फरमुल्लाह मन्सुर, जीवन परियार, रञ्जित कर्ण र सीता गुरुङ प्रतिस्पर्धामा छन्।
महिला उपसभापतिमा पुष्पा निर्विरोध
महिला उपसभापति पदमा पुष्पा भुसालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी छन्।
महामन्त्रीमा कस्तो छ प्रतिस्पर्धा?
महिला महामन्त्रीको एक पदका लागि डिला संग्रौला, रिता खनाल र महालक्ष्मी उपाध्याय डिना प्रतिस्पर्धामा छन्। खुला महामन्त्रीका दुई पदका लागि शंकर तिवारी, सुनिल शर्मा, नैनसिंह महर, प्रदीप पौडेल, गुरुराज घिमिरे, अमरसिंह पुन, उदयशमसेर राणा र सन्तोष उपाध्यायले उम्मेदवारी दिएका छन्।
सहमहामन्त्रीका कुन क्लस्टरमा को-को प्रतिस्पर्धामा?
- खसआर्य: जगदिशनरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेत।
- आदिवासी जनजाति: बहादुरसिंह लामा र तारामान गुरुङ।
- मधेसी: महेन्द्र यादव, अजय चौरासिया, नागिना यादव, किरण यादव, अभिषेक प्रताप साह, रामपल्टन साह, मनिषकुमार मिश्र र मुक्तकुमारी यादव।
- दलित: नरेन्द्र पासवान, प्रकाश रसाइली, लक्ष्मी परियार र मानबहादुर नेपाली।
- थारु: तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरी।
- अल्पसंख्यक/अपांगता: नगेन्द्र कुमाल, योगेश गौचन र आंगेलु शेर्पा।
- मुस्लिम: फिर्दोस आलम, अब्दुल सतार र अहतर कमल मुसलमान।
- खुला: अमृत अर्याल, रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, विमलराज क्षेत्री, देवेन्द्रराज कँडेल र डिल्लीराम सुवेदी।
- पिछडिएको क्षेत्र: कर्णबहादुर बुढा, जनकराज गिरी, मीन भाम, नारायणप्रसाद भट्टराई, राजन कुँवर, जीवनबहादुर विष्ट र रामबहादुर विष्ट।
- महिला: नानु बस्तोला र प्रतिमा गौतम।
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान बिहीबार हुने कार्यतालिका छ।




प्रतिक्रिया