काठमाडौं । नेपाली सेनाको इन्जिनियरिङ टोलीले रसुवाको सिमानामा पर्ने बेत्रावती नदीमा बेलिब्रिज जडान कार्य सुरू गरेको छ ।
सेनाको इन्जिनियरिङ टोलीले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाखु खोलामा करिब ३०० मिटर सडक खण्डमा कठिन चट्टान फुटाएर पहुँच मार्ग निर्माण समेत गरेको छ।
“उक्त स्थानमा ६० टन भार बाहन क्षमता भएको २४० फिट लामो एक्रो बृज २०८३ आश्विन १९ गतेसम्ममा ढुवानी गरी आज आश्विन २० गतेबाट जडान कार्य सुरु गरेको छ,” नेपाली सेनाले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।




प्रतिक्रिया