काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार सहमहामन्त्रीका लागि विभिन्न समूहबाट उम्मेदवारी परेको छ।
खुला सहमहामन्त्रीका दुई पदका लागि १० जना उम्मेदवार छन्। अजयबाबु शिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्रराज कण्डेल, दिनेश कोइराला, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुंगाना खुलातर्फ प्रतिस्पर्धामा छन्।
महिला सहमहामन्त्रीको एक पदका लागि नानुमैया बास्तोला र प्रतिमा गौतम उम्मेदवार छन्।
आदिवासी जनजाति सहमहामन्त्रीको एक पदका लागि ओमबहादुर घर्ती मगर, तारामान गुरुङ, दिलमान पाख्रिन, प्रशान्तमानसिंह मास्के र बहादुरसिंह लामा तामाङ प्रतिस्पर्धामा छन्।
दलित सहमहामन्त्रीको एक पदका लागि नरेन्द्र पासवान, प्रकाश रसाइली ‘स्नेही’, मानबहादुर नेपाली र लक्ष्मी परियार उम्मेदवार छन्।
मधेशी सहमहामन्त्रीको एक पदका लागि अजयकुमार चौरसिया, अभिषेकप्रताप शाह, किरण यादव, नगिना यादव, मनिषकुमार मिश्र, महेन्द्र यादव, मुक्ता कुमारी यादव र रामपल्टन शाहबीच प्रतिस्पर्धा हुँदैछ।
खसआर्य सहमहामन्त्रीको एक पदका लागि जगदिश्वर नरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेत उम्मेदवार छन्।
थारू सहमहामन्त्रीको एक पदका लागि तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरी प्रतिस्पर्धामा छन्।
मुस्लिम सहमहामन्त्रीको एक पदका लागि अतहर कमाल मुसलमान, अब्दुल सत्तार र डा. मो. फिरदौश आलम उम्मेदवार छन्।
पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीको एक पदका लागि जीवनबहादुर शाही, कर्णबहादुर बुढा, जनकराज गिरी, रामबहादुर बिष्ट, नारायणप्रसाद भट्टराई, मिनबहादुर भाम र राजन कुँवर प्रतिस्पर्धामा छन्।
त्यस्तै, अल्पसंख्यक वा अपांगता समूहबाट सहमहामन्त्रीको एक पदका लागि आङगेलु शेर्पा, नगेन्द्रकुमार कुमाल, बाबुकृष्ण सापकोटा र योगेश गौचन थकाली उम्मेदवार छन्।
यसरी सहमहामन्त्रीका १० पदका लागि कुल ४९ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। सबैभन्दा धेरै उम्मेदवारी खुलातर्फ दुई पदका लागि १० जना र मधेशीतर्फ एक पदका लागि आठ जनाको परेको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावलीमाथि दाबी–विरोध तथा आपत्तिको प्रक्रिया पूरा गरेपछि अन्तिम नामावली सार्वजनिक गर्नेछ। कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि ७ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्।




प्रतिक्रिया