काठमाडौं । पर्साको ठोरी गाउँपालिका–४ बाट बिरामी लिएर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगाएको छ।
माडी क्षेत्रमा बुधबार बिहान परेको भारी वर्षापछि आएको बाढीले बगहीको सहायक खोलामा एम्बुलेन्स बगाएको ठोरी गाउँपालिकाकी उपाध्यक्ष गोकुलीकुमारी रेग्मीले जानकारी दिइन्।
उनका अनुसार एम्बुलेन्स माडीस्थित बगही खोलाको पुलबाट पूर्वतर्फ रहेको सानो खोलाले बगाएको हो।
एम्बुलेन्समा चालकसहित तीन जना सवार थिए। खोलाले एम्बुलेन्स बगाए पनि उनीहरू सबै सकुशल रहेको उपाध्यक्ष रेग्मीले बताइन्।




प्रतिक्रिया