कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु, चार प्रतिवेदन पास गरिने


काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा पार्टीका सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ।

प्रतिवेदन पारित भएपछि महाधिवेशनको मुख्य प्रक्रिया नयाँ नेतृत्व चयनतर्फ अघि बढ्नेछ। निर्वाचन कार्यतालिकाअनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ।

यस महाधिवेशनबाट सभापति एक, वरिष्ठ उपसभापति एकसहित चार उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री र एक कोषाध्यक्ष गरी २४ जना पदाधिकारी चयन हुनेछन्।

यसमध्ये चार सहमहामन्त्री र कोषाध्यक्ष गरी पाँच पद सभापतिले मनोनयन गर्ने व्यवस्था छ। त्यसैले प्रत्यक्ष निर्वाचनबाट १९ जना पदाधिकारी चयन हुनेछन्।

बन्दसत्रबाट प्रतिवेदन पारित गरेपछि कांग्रेस महाधिवेशन नयाँ नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गर्नेछ।