काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानको समय पुनः सारिएको छ ।
निर्वाचन समितिले यसअघि बिहान १० बजेबाट मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तयारी पूरा नभएको भन्दै उक्त समय दिउँसो १ बजेसम्म सारिएको थियो । तर, अहिले फेरि मतदानको समय दिउँसो २ बजेका लागि तोकिएको छ ।
मतदानको तयारीबारे राष्ट्रिय सभा गृहमा निर्वाचन समितिले सभापति, उपसभापति र महामन्त्री पदका उम्मेदवारहरूसँग छलफल गरेको थियो । छलफलपछि दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने सहमति भएको नेता रञ्जित कर्णले जानकारी दिए ।
महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन् ।




प्रतिक्रिया