एमालेको स्थायी कमिटी बैठक सुरु,विद्या भण्डारी पनि सहभागी


काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।  पार्टी कार्यालय च्यासलमा  बैठक सुरु भएको हो । ११औँ महाधिवेशनपछि एमाले स्थायी कमिटीको पहिलो बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय तथा पार्टीका आगामी गतिविधिबारे छलफल हुने जनाइएको छ ।

बैठकमा पूर्वराष्ट्रपति एवं वरिष्ठ नेता विद्यादेवी भण्डारी पहिलो पटक सहभागी भएकी छन्।