कांग्रेस अधिवेशन: आज मतदान नहुने, शुक्रबार बिहान ७ बजे मात्रै मतदान


काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व छान्नका लागि आज मतदान नहुने भएको छ। मतपत्र छाप्न ढिलाइका साथै आवश्यक प्राविधिक तयारी पूरा नभएकाले आज निर्वाचन हुन नसक्ने भएको निर्वाचन समितिका संयोजक वरिष्ठल अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए ।

बिहिाबर बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेसम्मलाई सारिएको थियो। त्यसपछि पनि मतदान हुन सकेन। केन्द्रीय निर्वाचन समितिले पनि अर्को समय सार्वजनिक गरेन।

खड्काका अनुसार शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ।