कांग्रेस महाधिवेशन : मतदानको समय साँझ ७ बजेसम्म थप


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय साँझ ७ बजेसम्मलाई थप गरिएको छ । यसअघि ५ बजेसम्मका लागि तय भएको मतदानको समय थपेर ७ बजेसम्मका लागि सारिएको हो । 

मतदानका लागि लामो लाइन भएकाले समय थप गरिएको हो । बिहान ७ बजेपछि सुरु भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन् । 

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन् ।