काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार अभियानको उद्घाटन कात्तिक ७ गते बृहत् पत्रकार सम्मेलनमार्फत गरिनेछ। अभियान मङ्सिर २५ गतेसम्म सञ्चालन हुनेछ।
बैठकले अभियान सञ्चालनसम्बन्धी कार्यविधिसमेत पारित गरेको छ। प्रवक्ता ज्वालाले अभियानको मुख्य उद्देश्य पार्टीको महाधिवेशनको तयारी गर्नु रहेको बताए।
अभियानका क्रममा पार्टी सदस्यताको नवीकरण, संगठन विस्तार तथा संगठन सुदृढीकरणका काम गरिने उनले जानकारी दिए। साथै, जनपरिचालन गर्ने, विभिन्न भेला आयोजना गर्ने र सरकारका गलत कामकारबाहीविरुद्ध खबरदारी गर्ने पार्टीको योजना छ।
‘सरकारका गलत क्रियाकलापविरुद्ध, फासिस्टविरुद्ध खबरदारी गर्छौँ,’ प्रवक्ता ज्वालाले भने।




प्रतिक्रिया