काठमाडौं। नेपालीहरूको महान् पर्व बडादशैँ, तिहार, छठ तथा नेपाल संवत्को पावन अवसरमा आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले राष्ट्रिय जेनजी नागरिक अभियानले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।
अभियानद्वारा आयोजित उक्त कार्यक्रम २०८३ साल असोज २५ गते बिहान ११ बजे काठमाडौंको कार्की ब्याङ्क्वेट, माइतीघर हाइट मा सञ्चालन हुने आयोजकले जनाएको छ।
विभिन्न पर्वहरूले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्ने विश्वासका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा अभियानका पदाधिकारी, सदस्य, शुभचिन्तक, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
राष्ट्रिय जेनजी नागरिक अभियानले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा पर्वहरूको हार्दिक शुभकामना व्यक्त गर्दै कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन सबैमा अनुरोध गरेको छ।




प्रतिक्रिया