काठमाडौं । जनमत पार्टीले दोस्रो महाधिवेशनबाट निर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकबाट विभिन्न पाँच विशेष समिति गठन गरेको छ। समितिका पदाधिकारीसमेत चयन गरिएको पार्टी अध्यक्ष डा. सीके राउतले जानकारी दिएका छन्।
निर्णयअनुसार केन्द्रीय अनुशासन समितिको संयोजकमा उपाध्यक्ष नरेन्द्र चौधरी, सचिवमा अनिताकुमारी मण्डल र सदस्यमा सत्यनारायण खङ्ग खत्वे चयन भएका छन्।
त्यस्तै, केन्द्रीय पुनरावेदन समितिको अध्यक्षमा सञ्जयकुमार मिश्र, सचिवमा प्रियंकाकुमारी सन्त र सदस्यमा विरेन्द्र महतो चयन भएका छन्। सञ्जयकुमार सिंहको अध्यक्षतामा पाँच सदस्यीय केन्द्रीय निर्वाचन समिति गठन गरिएको छ भने यसको सदस्य सचिवमा राजेशकुमार मण्डल तोकिएका छन्।
यसैगरी, शिवनाथ पटेलको संयोजकत्वमा केन्द्रीय विवाद समाधान समिति र राजेशप्रसाद साहको संयोजकत्वमा केन्द्रीय लेखा समिति गठन गरिएको छ। विवाद समाधान समितिको सचिवमा दुष्यन्त कर्ण तथा लेखा समितिको सचिवमा श्यामशङ्कर चौरसिया चयन भएका छन्।
अध्यक्ष राउतका अनुसार पार्टीका अन्य विभाग, मोर्चा तथा परिषद् गठन गर्न भने बाँकी छ।





प्रतिक्रिया