काठमाडौँ। नेपाल एलपी ग्यास उद्योग सङ्घले काठमाडौँ उपत्यकामा एलपी ग्यासको वितरण प्रणालीलाई पुनः नियमित बनाइएको बनाएकाे छ।
सङ्घले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उपत्यकामा ग्यास आपूर्तप सहज रूपमा वितरणकाे कार्य सुरु भएकाे जनाएकाे हाे।
सङ्घले आफ्नो नजिकको आधिकारिक डिलरमा गएर नियमित रूपमा ग्यास खरिद गर्न आम उपभोक्ता तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ ।
यसअघि उपभोक्ताको सहजताका लागि भन्दै असोज २५ गते आइतबारदेखि असोज ३० गते शुक्रबारसम्मका लागि विभिन्न ब्राण्डका ग्यास सिलिण्डरहरू संयुक्त रूपमा बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको थियो ।





प्रतिक्रिया