२८ असोज, काठमाडौं । नेपाली कांग्रेस चितवनका प्रभावशाली युवा नेता तथा नेपाल तरुण दल चितवनका उपाध्यक्ष अमृत गुरुङ नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा जनजाति तर्फबाट निर्वाचित भएका छन् ।
गुरुङले युवा पुस्ता र आदिवासी जनजाति समुदायको प्रतिनिधित्वलाई केन्द्रमा राख्दै केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए ।
गुरुङले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक आकांक्षाभन्दा पनि युवा पुस्ता र जनजाति समुदायको आवाज पार्टीको केन्द्रीय तहमा पुर्याउने अवसरका रूपमा प्रस्तुत गर्दै संगठन सुदृढीकरण, युवा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र समावेशी प्रतिनिधित्वलाई प्राथमिकतामा राख्दै कांग्रेसलाई समयअनुकूल गतिशील बनाउन आफूले भूमिका खेल्ने उनको प्रतिबद्धता थियो ।
नेपाली काँग्रेसका नव निर्वाचित केन्द्रीय सदस्य अमृत गुरुङ युवामाझ संगठन निर्माण, परिचालन र सामाजिक अभियानमा जोडिँदै आएका छन् ।
पार्टी राजनीतिसँगै सफल व्यवसायी तथा समाजसेवीका रूपमा समेत परिचित उनले राजनीतिक गतिविधिलाई सामाजिक उत्तरदायित्वसँग जोडेर अघि बढाउँदै आएका छन् । केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै गुरुङले १५ औं महाधिवेशनका केन्द्रीय प्रतिनिधि तथा सम्पुर्ण शुभ-चिन्तकहरुलाई साथ, सहयोग र मत प्रदान गरिदिनुभएकोमा धन्यवाद ब्यक्त गरेका छन् ।




प्रतिक्रिया