काठमाडौँ । नेपाली कांग्रेसको आदिवासी जनजाति महिलातर्फबाट केन्द्रीय सदस्यमा डा. गङ्गालक्ष्मी अवाल २ हजार ७६८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्।
निर्वाचन समितिका अनुसार आदिवासी जनजाति महिलातर्फ गीता गुरुङले २ हजार ८५९, डा. गङ्गालक्ष्मी अवालले २ हजार ७६८, रेणुका काउछ मगरले २ हजार ३९२, सपनाराज भण्डारी जोशीले २ हजार ३५१, सीता कुमारी राना मगरले २ हजार १३२, प्रमिला राईले २ हजार २०, लिलादेवी बोखिम लिम्बूले १ हजार ६८१ र पुनम लामाले १ हजार ६३६ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
आदिवासी जनजाति महिलातर्फ आठ पदका लागि ३४ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए।




प्रतिक्रिया