काठमाडौं । नेपालबाट भारत जाने यात्रुले पावर बैंक बोक्न नपाउने भएका छन् ।
नेपाल एयरलाइन्सले एक सूचना प्रकाशन गर्दै यसबारे जानकारी दिएको हो । भारत नागरिक उड्डयन महानिर्देशनालयको सर्कुलरले यस्तो व्यवस्था गरेको हो ।
अब भारतबाट वा भारततर्फ सञ्चालन हुने कुनै पनि उडानको क्याबिन ह्यान्डब्याग, चेकइन ब्यागेज वा कार्गोका रूपमा बोक्न पूर्णरूपमा प्रतिबन्ध गरिएको छ ।
यसअघि दिल्लीबाट चेन्नईतर्फ गइरहेको इन्डिगो एयरलाइन्सको विमानमा सवार एक यात्रुको पावर बैंकमा आगलागी भएपछि विमानलाई हैदराबाद डाइभर्ट गरी आकस्मिक अवतरण गराइएको थियो ।




प्रतिक्रिया