दसैँ बिदामा पनि काठमाडौँ जिल्ला अदालत खुल्ने


काठमाडौँ । विजया दशमी तथा दसैँको सार्वजनिक बिदाका बीच पनि काठमाडौँ जिल्ला अदालतले निश्चित समयका लागि सेवा प्रवाह गर्ने भएको छ।

काठमाडौँ जिल्ला अदालत, बबरमहलले एक सूचना जारी गर्दै दसैँ बिदाको अवधिमा पनि तोकिएका अत्यावश्यक सेवाहरू सञ्चालनमा रहने जनाएको हो।

अदालतका अनुसार शनिबार, फूलपाती र विजया दशमी अर्थात् टीकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय खुला रहनेछ।

दसैँ बिदामा अदालतबाट प्रवाह हुने सेवाहरू:

  • बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गर्ने।   
  • जरुरी पक्राउ पुर्जी समर्थन र सो समर्थनसँगै उपस्थित अभियुक्तहरूको म्याद थप गर्ने।   
  • कल डिटेल्स (CDR) अनुमति प्रदान गर्ने।   
  • पक्राउ अनुमति प्रदान गर्ने।  
  •  धरौटी दाखिल गर्न नसकी थुनामा राख पठाइएका प्रतिवादीहरूबाट धरौटी रकम दाखिल गर्न ल्याएमा बुझिदिने।  
  • फैसला बमोजिम ठहर भएको जरिवाना रकम तिरी छुट्ने भएमा जरिवाना रकम बुझिदिने।  

Skip This