मधेस प्रदेश सरकारबाट बाहिरियाे एमाले


जनकपुरधाम । मधेस प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेबाट मन्त्री रहेकाहरूले आजै मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामापत्र बुझाएको छ ।

नेकपा एमालेका मन्त्रीहरूले मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएर सरकारबाट समर्थन समेत फिर्ता लिएको नेकपा एमालेका प्रमुख सचेतक हरिनारायण महत्वले जानकारी दिए ।

मधेश सरकारबाट एमालेका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याण मन्त्री लखनदास, भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले राजीनामा दिएका हुन्।

मधेश प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री छन्। गठबन्धनमा नेपाली कम्युनिस्ट पार्टी समेत रहेका छन्।

Skip This