काठमाडौं । नुवाकोट र रसुवाका बाढीपीडितले सरकारले घोषणा गरेको राहत रकम पाउने भएका छन्। वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाको पहलपछि सरकारले तत्काल टोली खटाएर राहत रकम वितरण गर्ने जानकारी दिएको हो।
शुक्रबार नुवाकोट र रसुवाका बाढीपीडितसँग अन्तरक्रिया गर्न पुगेका धमलासँग पीडितहरूले सरकारले घोषणा गरेको ४५ हजार रुपैयाँको राहत प्याकेज सबैले नपाएको गुनासो गरेका थिए। बाढीबाट प्रभावित भए पनि राहत रकम नपाउँदा आफूहरू समस्यामा परेको उनीहरूको भनाइ थियो।
पीडितको गुनासोपछि धमलाले सोमबार प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसँग भेट गरी राहत रकम नपाएका परिवारको समस्या राखेका थिए।
भेटका क्रममा व्यञ्जनकारले तत्काल सरकारी टोली नुवाकोट र रसुवा पुगेर पीडितलाई राहत रकम उपलब्ध गराउने जानकारी दिएको धमलाले बताए।
धमलाका अनुसार, राहत रकमबाट वञ्चित बाढीपीडितको समस्या समाधानका लागि सरकारसँग पहल गरिएको हो। सरकारी टोली प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरेपछि रकम पाउन बाँकी रहेका परिवारलाई राहत मिल्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया