मातापिताबाट दशैँको टीका ग्रहण गर्दै डा. सुनिलकुमार शर्मा



काठमाडौँ  नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले मोरङस्थित आफ्नो निवासमा परिवारका सदस्यहरूसँग हर्षोल्लासका साथ दशैँ मनाएका छन्।

दशैँको शुभ अवसरमा उनले आफ्ना बुवा लोकनाथ न्यौपाने र आमा होमादेवी न्यौपानेको हातबाट टीका तथा जमरा ग्रहण गरेका हुन्।

टीका ग्रहणका क्रममा उनकी श्रीमती इन्दिरा शर्मा बराल, छोरी सोइना शर्मा र छोरा ईशान शर्मा पनि सहभागी थिए। परिवारका सदस्यहरूबीच आपसी प्रेम, सद्भाव र आत्मीयताका साथ दशैँको खुसी साटासाट गरिएको थियो।