अपाङ्गता भएका व्यक्ति र अनाथ बालबालिकालाई खाना खुवाएर ऋषि धमलाले मनाए जन्मदिन


काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले आफ्नो जन्मदिन काठमाडौंको तारकेश्वर नगरपालिकास्थित अपाङ्ग सेवा केन्द्रमा रहेका अपाङ्गता भएका व्यक्ति र अनाथ बालबालिकासँग मनाएका छन्।

शनिबार जन्मदिनको अवसरमा धमलाले कुनै तामझाम नगरी र केकसमेत नकाटी शारीरिक तथा आर्थिक रूपमा विपन्न अपाङ्गता भएका व्यक्ति र अनाथ बालबालिकालाई खाना खुवाएर जन्मदिन मनाएका हुन्।

जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नगरी असहाय व्यक्तिहरूसँग समय बिताउने र उनीहरूलाई साथ दिने उद्देश्यले यस्तो कार्यक्रम गरिएको धमलाले बताए ।

धमलाले समाज परिवर्तन र देश निर्माणका लागि आफू फरक ढंगले अघि बढ्ने घोषणा पनि गरेका छन्। समाजका विपन्न, असहाय र पछाडि पारिएका वर्गको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मानवीय सेवासँगै सामाजिक अभियानलाई अघि बढाउने उनको भनाइ छ।

जन्मदिनका अवसरमा तडकभडकभन्दा मानवीय सेवालाई प्राथमिकता दिँदै अपाङ्गता भएका व्यक्ति र अनाथ बालबालिकासँग खुसी साट्ने धमलाको कदमले जन्मदिन मनाउने शैलीलाई सामाजिक उत्तरदायित्वसँग जोडेको छ।