दसैँ बिदा सकिएसँगै हेटौँडामा चहलपहल बढ्दै


बागमती, ९ कात्तिक । दसैँ बिदा सकिएसँगै आजदेखि बागमती प्रदेशको राजधानी हेटौँडामा चहलपहल बढ्दै गएको छ ।

बिदा सकिएको र आजैदेखि कार्यालय खुलेका कारण विभिन्न काम लिएर सर्वसाधारण कार्यालयमा पुग्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा कार्यालय खुलेसँगै सेवाग्राही आउन थाले पनि आज धेरै चाप भने नरहेको सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले जानकारी दिए ।

दसैँ बिदाका समयमा शान्ति सुरक्षालगायत समग्र जिल्लाको अवस्था सामान्य नै रहेको उनले जानकारी दिए । बिदाका समयमा अन्यत्र स्थायी बसोबास भई विभिन्न सेवा, पेसा र व्यवसायका कारण हेटौँडामा बस्दै आएका व्यक्ति परिवारजनसहित घर तथा गाउँमा गएकोमा बिदा सकिएसँगै फर्कन थालेपछि बजार क्षेत्रमा पनि चहपहल बढ्दै गएको व्यवसायी बताउँछन् ।