एन्फा अध्यक्ष र महासचिव अदालतमा उपस्थित


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई अदालत उपस्थित भएका छन् ।

खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा मुद्दा खेपेका नेम्वाङ र राई बुधबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएर बयान दिएका हुन् ।

उनीहरूको बयान सकिएको जिल्ला अदालत ललितपुरका सूचना अधिकारी टीकाध्वज कार्कीले जानकारी दिए ।

खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध मुद्दा चलाएको थियो ।