काठमाडौं, १४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही पनि नरहेको स्पष्ट पारेका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान र लोकतन्त्रमा आँच पुर्याउने जोकोही पनि कारबाहीको भागीदार हुनुपर्ने बताए।
‘संविधानभन्दा माथि र लोकतन्त्रभन्दा ठूलो केही छैन, कोही छैन। यसमा रास्वपा र रवि लामिछाने स्पष्ट छन्,’ उनले भने।
संविधान र लोकतन्त्रमाथि आँच पुर्याउने गतिविधि गर्ने व्यक्तिले त्यसको जिम्मेवारी लिनुपर्ने र कानुनअनुसार सजाय भोग्नुपर्ने उनको भनाइ थियो।




प्रतिक्रिया