सुर्खेत । डोल्पाको दानिगढ क्षेत्रमा हिमपातमा फसेका भारतीय पर्यटकको हेलिकप्टरबाट उद्धार हुने भएको छ ।
शनिबार पर्यटकहरू फसेको जानकारी प्राप्त भएपछि उद्धारको प्रयास थालिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।
केही दिनदेखिको भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानिगढमा भारतीय पर्यटकहरू फसेका थिए । फसेका पर्यटकमा मौमिता हल्दार, पियाली कोले, जजला त्रिवेद कुमार, आदित्य सिंघा, डिप्लिना विश्वास र राजेश दे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अनिलराज गिरीका अनुसार पर्यटकको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर आउने तयारी भइरहेको छ ।




प्रतिक्रिया