काठमाडौं । बिग मार्टबाट ४१५ रुपैयाँको सामान खरिद गरेका एक ग्राहकले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्।
आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन पुरस्कार कार्यक्रमअन्तर्गत कात्तिक महिनाको पहिलो पाक्षिक विजेता घोषणा गर्दै ती ग्राहकलाई बम्पर पुरस्कार प्रदान गरेको हो।
कात्तिक १ देखि १५ गतेसम्मको कारोबारका आधारमा छनोट गरिएका अन्य १५ जना विजेताले जनही एक लाख रुपैयाँ पुरस्कार पाउने विभागले जनाएको छ।
सोमबार अर्थ मन्त्रालयस्थित सुवर्ण हलमा आयोजित कार्यक्रममा विजेताहरूको नाम सार्वजनिक गरिएको थियो। पुरस्कार विजेता छनोट कार्यक्रममा नेपाल प्रिमियर लिग (एनपीएल) खेलिरहेका क्रिकेट खेलाडीसमेत सहभागी थिए।
विभागले उपभोक्ताले सामान तथा सेवा खरिद गर्दा लिएको बिलका आधारमा करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ।





प्रतिक्रिया