काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
अख्तियारले घिमिरेबाट ३३ लाख रुपैयाँ घुस रकम बरामद गरेको आयोगका एक उच्च अधिकारीले जानकारी दिएका छन्।
घुस लेनदेन भइरहेको सूचनाका आधारमा सोमबार अख्तियारको टोलीले नगरपालिकाको कार्यालयमा छापा मारेको थियो। सो क्रममा विभिन्न कागजातसमेत बरामद गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।




प्रतिक्रिया