कृषियोग्य जमिनमा सिँचाइ


तुलसीपुर (दाङ), १७ कात्तिक । दाङको देउखुरीमा सञ्चालित प्रगन्ना सिँचाइ प्रणालीले ५८ हजार हेक्टर पु¥याएको छ ।

देउखुरीको लमही नगरपालिका र राप्ती गाउँपालिकाका विभिन्न स्थानलाई सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालन रहेको उक्त परियोजनाले हाल तीन वटा इन्टेकमार्फत सिँचाइ सेवा प¥याउँदै आएको छ । सोही परियोजनालाई हाल सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले हेर्दै आएको छ ।

आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार २०५५ देखि सुरु भएको यस परियोजनाको पहिलो चरणका निर्माण कार्यहरू कुवेत फण्डअन्तर्गत विसं २०६४ मा सम्पन्न भए तापनि सिञ्चित क्षेत्रको आधुनिकीकरण, विस्तार र बचावटका कार्यहरू भइरहेका छन् ।

गएको आर्थिक वर्ष २०८२/०८३ मा आयोजनाअन्तर्गत नहर निर्माण, सिञ्चित क्षेत्र बचावट तथा तटबन्ध निर्माणका कामहरू भएका छन् । यस अवधिमा मौरीघाट शाखा नहरअन्तर्गत ४२२ मिटर बारीकुलो र बाराखुट्टी शाखा नहरअन्तर्गत ३६६ मिटर वीरघाट कुलो निर्माण कार्य सम्पन्न गरिएको छ ।

त्यसैगरी, केरोनिया गाउँ क्षेत्रको मानव बस्ती र खेतीयोग्य जमिन जोगाउन ६४४ मिटर तटबन्ध निर्माण गरिएको छ भने लमही नगरपालिका–२ रनियापुर क्षेत्रमा २८८ मिटर तटबन्ध निर्माण सम्पन्न भएको सूचना अधिकारी वलीले बताए ।

त्यस्तै, प्रगन्ना सिँचाइ प्रणाली विस्तारतर्फ लमही नगरपालिकाका विभिन्न वडामा पर्ने सतपेरिया क्षेत्रको एक हजार २०८ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउने पूर्वतयारीका कार्यहरू पूरा भएका छन् ।

गुरुयोजनाअनुसार काम अघि बढ्दै

आयोजना न्तर्गत सिञ्चित क्षेत्र संरक्षण तथा नहर सुधारका लागि आव २०७२÷०७३ देखि गुरुयोजनाअनुसार काम भइरहेको छ । वार्षिक बजेटको अधिनमा रही ठेक्का आह्वान गरेर निर्माण कार्यहरू गरिँदै आइएको छ । प्रगन्नातर्फ सम्झौता गरिएका कूल १८ वटा मुख्य ठेक्काहरूमध्ये १७ वटा ठेक्काहरू पूर्ण रूपमा सम्पन्न भइसकेको आयोजनाका लेखा अधिकृत नवराज वलीले बताए ।

सम्पन्न भएका ठेक्काअन्तर्गत राप्ती नदीको दायाँ किनारका विभिन्न चेनेजहरूमा तटबन्ध निर्माण, मौरीघाट, बाराखुट्टी तथा भिप्रिया कुलोहरूको नहर, लाइनिङ, रसिनियापुर, भानपुर र अगैयापुरलगायतका गाउँ बचावटका कार्य रहेका छन् ।

त्यस्तै हाल लमही नगरपालिका–२ रसिनियापुर क्षेत्रको सिञ्चित क्षेत्र बचावटका लागि लगाइएको ठेक्काको काम भने जारी छ । करिब ७५ प्रतिशत काम पूरा भइसकेको छ ।

प्रयोगशाला निर्माण

आयोजनाअन्तर्गत सञ्चालन हुने निर्माण कार्यहरूको गुणस्तर कायम गर्न विगतदेखि नै आफ्नै प्रयोगशाला स्थापना गरी सञ्चालन गरिँदै आइएको छ । यस प्रयोगशालामार्फत आव २०७८÷०७९ देखि ग्याबियन तार, फिल्ड डेन्सिटी तथा कङ्क्रिटका विभिन्न गुणस्तर परीक्षणहरू गर्ने व्यवस्था मिलाइएको छ । प्रयोगशालाको क्षमता अभिवृद्धिका लागि गत आव २०८१÷०८२ मा नयाँ भवन निर्माण गर्नुका साथै थप नयाँ उपकरण खरिद गरिएको सूचना अधिकारी वलीले बताए ।

यस प्रयोगशालाको स्थापनापछि आयोजनाका निर्माण कार्यका साथै सोही क्षेत्रमा रहेका अन्य निकाय, स्थानीय तहहरू तथा निर्माण व्यवसायीलाई निर्माण सामग्रीको गुणस्तर परीक्षण सेवा प्राप्त गर्न सहज भएको छ ।