काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका–१० निवासी ४० वर्षीय कृष्णप्रसाद घिमिरेको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।
मस्तिष्कको रक्तनलीसम्बन्धी गम्भीर रोग (ब्रेन एन्युरिज्म) बाट पीडित घिमिरे हाल काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत छन् । चिकित्सकका अनुसार उनको मस्तिष्कको दुवैतर्फ कोइलिङ (Coiling) उपचार गर्नुपर्नेछ ।
उक्त उपचारका लागि करिब ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । परिवारको आर्थिक अवस्थाले यति ठूलो रकम जुटाउन नसक्ने भएपछि जीवनरक्षाका लागि देश तथा विदेशमा रहेका नेपालीसँग सहयोगको अपिल गरिएको हो ।
परिवारले आफन्त, साथीभाइ तथा सहयोगी मनहरूलाई सक्दो आर्थिक सहयोग गरिदिन आग्रह गरेको छ । सानो वा ठूलो जुनसुकै सहयोगले पनि उपचारमा महत्त्वपूर्ण योगदान पुग्ने परिवारको अपेक्षा छ ।
सहयोगका लागि बैंक विवरण :
- बैंक : एनआईसी एसिया बैंक
- खातावालाको नाम : कृष्णप्रसाद घिमिरे
- खाता नम्बर : २४४५७५११०९८१७००१




प्रतिक्रिया