काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले हटाउने तयारी गरेको भन्ने समाचारप्रति गृहमन्त्री सुधन गुरुङले अनभिज्ञता प्रकट गरेका छन् ।
स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलासँगको भेटमा गृहमन्त्री गुरुङले आईजीपी कार्कीलाई हटाउने पक्षमा आफू नरहेको स्पष्ट पारेको धमलाले जानकारी दिएका छन् ।
धमलाका अनुसार, भेटका क्रममा गृहमन्त्री गुरुङले ‘आईजीपी कसले हटाउँछ भन्यो ?’ भन्दै प्रतिप्रश्न गरेका थिए ।




प्रतिक्रिया