डोल्पा कारागारबाट फरार थप दुई कैदी पक्राउ, अझै चारको खोजी जारी


डोल्पा । जिल्ला कारागार डोल्पाबाट फरार भएका थप दुई कैदी पक्राउ परेका छन्।

कात्तिक १४ गते बिहान कारागारबाट फरार भएका उनीहरूलाई त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउँमा एक स्थानीयको घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दामा ८ वर्ष कैद सजाय तोकिएका २९ वर्षीय कालीप्रसाद रोकाया र चोरी मुद्दामा ३ वर्ष कैद सजाय तोकिएका १९ वर्षीय कपिल परियार रहेका छन्।

यसअघि फरार भएका दुई कैदी पक्राउ परिसकेका छन्। कारागारबाट फरार अन्य चार कैदीबन्दीको खोजी भइरहेको प्रहरीले जनाएको छ।