१८ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भ्रमणका एजेन्डा तय गर्न उनी नेपाल आएका हुन् ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव मिश्रीले आज र भोलि नेपालको औपचारिक भ्रमण गर्नेछन् ।
भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिवले भारतका विदेश सचिवसँग द्विपक्षीय वार्ता गर्नेछन् । दुई देशबीचको लामो समयदेखिको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ, दुवै पक्षले नेपाल–भारत सम्बन्धका विविध आयामहरूको समीक्षा गर्नेछन् । साथै आपसी हितका विषयहरूमा विचार आदान–प्रदान गर्नेछन् ।
भारतका विदेश सचिव मिश्रीले नेपालका उच्चपदस्थ विशिष्ट व्यक्तिहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । भारतका विदेश सचिव मिश्री कात्तिक १९ गते स्वदेश फर्किने छन् ।




प्रतिक्रिया