भारतीय विदेश सचिव मिस्रीद्वारा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता


काठमाडौं । भारतका विदेश सचिव श्री विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् ।

विदेश सचिव मिश्रीले आज परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग भेटवार्ता गरेका हुन् ।

भेटका अवसरमा नेपाल–भारतबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने तथा दुई देशबीच लामो समयदेखि कायम मित्रतापूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विभिन्न छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री बालेन शाह भारत भ्रमणको तयारीमा रहेका बेला भारतीय विदेशसचिव मिश्री आज  नेपाल आएका हुन् ।