सरकारले आईजीपीबाट दानबहादुर कार्कीलाई गर्याे पदमुक्त


काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदमुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई हटाउँदै एआईजी डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।

पदमुक्त भएका कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ ।