प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी, आज छलफल


काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल गर्ने भएको छ । प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका छन् । आज बिहान ९ः३० बजेदेखि उजुरीकर्तासँग छलफल गर्ने तयारी छ ।

समितिको बिहीबारको बैठकमा प्रस्तावित चार न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध परेको उजुरी खोलिएको थियो । 

न्याय परिषद्ले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको नाम सिफारिस गरेको थियो । न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।