घरेलु मदिराको बिक्री वितरणमा संलग्न नहुन अनुरोध


पर्सा । प्रहरीले अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको छ । वीरगन्ज महानगरपालिका–१५ भिष्वाडाँडामा सञ्चालित अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी आज नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मदिरा बनाउने कच्चा पदार्थ १३०० लिटर र तयारी मदिरा ३५० लिटर फेला पारेको थियो । मानवीय स्वास्थ्यको हिसाबले हानिकारक घरेलु मदिराको उत्पादन, बिक्री वितरण र ओसार पसारमा संलग्न नहुन प्रहरीले अनुरोध गरेको छ ।

अवैध मदिरा उत्पादन, बिक्री वितरण ओसारपसार कार्यमा संलग्न भइरहेको सूचना प्राप्त भएमा नजिकको प्रहरी वा जिल्ला प्रहरी कार्यालयलाई सूचना दिन प्रहरीले आग्रह गरेको छ ।

भन्सार छलीकासामान बरामद

यसैबिच प्रहरीले भन्सार छली तस्करी गरी ल्याएको सामान बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा आज वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार छली तस्करी गरी ३९९ केजी फर्सिको बीउ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले फेला पारेको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

प्रहरीले बरामद गरिएको उक्त फर्सिको बीउ थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।