काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा तथा कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
आज राति पनि कोशी र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने र कोशीको हिमाली भूभागमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
आइतबार पनि हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीसँगै केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।




प्रतिक्रिया