काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले नागरिकको स्वतन्त्रता सीमित गर्ने दिशामा कदम चालिरहेको आरोप लगाएका छन्।
आइतबार काठमाडौंको टोखामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले नागरिकका अधिकारमाथि नियन्त्रण गर्ने प्रवृत्ति बढेको भन्दै देशमा निरङ्कुश शासनको संकेत देखिन थालेको टिप्पणी गरे।
उनले प्रधानमन्त्रीका सल्लाहकारहरूले आफूविरुद्धका प्रमाण हटाउने र आफूअनुकूलका प्रमाण मात्रै सार्वजनिक गर्ने गरेको आरोपसमेत लगाए।
वर्तमान राजनीतिक व्यवस्था स्थापनामा योगदान नगरेका व्यक्तिहरूलाई समेत जनताले दुईतिहाइ मत दिएको उल्लेख गर्दै महामन्त्री पौडेलले प्राप्त जनमतको दुरुपयोग नगर्न सरकारलाई सचेत गराए।




प्रतिक्रिया