काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डको घोप्टेभीरमा खसेको ठूलो सुक्खा पहिरो हटाइएपछि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ ।
सोमबार बिहान ठूलो पहिरो खसेपछि पूर्ण रूपमा अवरुद्ध भएको राजमार्ग निरन्तरको प्रयासपछि खुलाइएको सडक विभागले जनाएको छ ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले पहिरो पन्छाउने काम सम्पन्न भएसँगै यातायात आवागमन पुनः सञ्चालनमा आएको जानकारी दिए ।
विभागका अनुसार मलेखु–मुग्लिङ सडक खण्डको चेनज ७९+२०० स्थित घोप्टेभीरमा खसेको पहिरो हटाउन पाँचवटा मेसिन प्रयोग गरिएको थियो ।
पहिरोका कारण लामो समयदेखि रोकिएका सवारीसाधनसमेत अब गन्तव्यतर्फ जान सक्ने भएका छन् ।




प्रतिक्रिया