काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल संवत् र नेवा: संस्कृति संरक्षणका लागि अग्रजहरूले गरेको संघर्षबाट प्राप्त उपलब्धिलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्ने बताएका छन्।
नेपाल संवत् ११४७ को अवसरमा आयोजित कार्यक्रममा उनले पद्मरत्न तुलाधरलगायत अभियन्ताहरूको योगदान स्मरण गर्दै सांस्कृतिक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
उनले नेवा: विश्वविद्यालय स्थापना प्रक्रिया, नेपाली नोटमा नेपाल संवत् समावेश गर्ने प्रतिबद्धता र आकाश भैरवको तस्बिर राख्ने पहललाई आन्दोलनका उपलब्धिका रूपमा उल्लेख गरे।
अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी विधेयक निर्माण गर्दा सम्बन्धित समुदाय र अभियन्ताको सहभागिता सुनिश्चित गर्नुपर्ने बताउँदै उनले भाषा, संस्कृति र परम्परा संरक्षणमा सबै पुस्ताको सहकार्य आवश्यक रहेको धारणा राखे।




प्रतिक्रिया