नेपाल संवतको प्रयोग सरकारी कामकाजदेखि डिजिटल प्रणालीसम्म विस्तार गर्न सभामुखको जोड


काठमाडौं, २४ कात्तिक । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शिक्षा र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन्।

भक्तपुरमा नेपाल संवत् ११४७ को अवसरमा आयोजित कार्यक्रममा उनले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउनु उपलब्धि भए पनि यसको व्यावहारिक कार्यान्वयन आवश्यक रहेको बताए।

नेपाल संवत् नेपालको इतिहास, सभ्यता र राष्ट्रिय पहिचानसँग जोडिएको महत्वपूर्ण सम्पदा भएको उल्लेख गर्दै उनले यसका प्रवर्तक शङ्खधर साख्वाःको सामाजिक न्याय र परोपकारप्रतिको योगदानलाई स्मरण गरे।

साख्वाःले आफ्नो सम्पत्ति खर्चेर ऋणमा डुबेका सर्वसाधारणलाई ऋणमुक्त गराएको प्रसंग उल्लेख गर्दै सभामुख अर्यालले उनको जीवनबाट सार्वजनिक हित र सेवाभावको प्रेरणा लिनुपर्ने बताए।